काठमाडौं,उपप्रधानमन्त्री ईश्वर पोखरेल ऊर्जामन्त्री, टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट सहभागी रहेको नुवाकोटको एक कार्यक्रममा विभाजित नेकपाका दुई पक्षबीच झडप हुँदा मन्त्रीहरुको गाडीमा ढुंगामुढा प्रहार भएको छ।

नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका मन्त्रीहरुमाथि अवरोध तथा कार्यक्रममा ‘डिस्टर्ब’ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसबारे विस्तृत विवरण आउने क्रममा रहेको सो कार्यालयले बताएको छ।

उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले पोखरेलको मोटरमा सामान्य क्षति भएको र एक स्थानीय मोटरमा भने धेरै क्षति पुगेको बताए।

‘सरकारी अधिकारीलाई निर्देशन दिने बिहानको कार्यक्रम सम्पन्न भएको छ,’ श्रेष्ठले भने, ‘दिउँसो कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।’

कार्यक्रममा सहभागी हुनका लागि पोखरेलसँग उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल पनि नुवाकोट पुगेका छन्।

पोखरेलको सचिवालयकै अर्का सदस्य प्रभातविक्रम कटवालले उपप्रधानमन्त्री पोखरेल बट्टारमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा केहि व्यक्तिले कालो झन्डा प्रदर्शन र अवरोध गर्ने प्रयास गरेपछि सो घट्ना हुन गएको बताए।

सो कार्यक्रममा विभाजित नेकपाका ओली पक्ष र प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच झडप हुँदा मन्त्रीहरुले प्रयोग गरेको एउटा गाडी तोडफोड समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय