काठमाडौं, अमेरिकाले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै अन्यथा ‘उचित कदम’ चाल्ने चेतावनी दिएको छ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारकी नेत्री आङ सान सुचीसहित अन्य नेतालाई गिरफ्तार गरेर देशको शासन हातमा लिएकामा त्यहाँका सेनाविरुद्ध गम्भीर आपत्ति प्रकट गरेका हुन्।
बीबीसीका अनुसार बाइडेनले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न भनेका छन् र अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन्।
यसैबीच म्यानमारमा भएको सैनिक कुबारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक बस्ने भएको छ।
म्यानमारमा प्रजातन्त्र फिर्ता गर्ने अमेरिकाको मागमा युरोपेली संघ, जापान र भारतले पनि समर्थन जनाएका छन्।