
उर्लाबारी । मोरङको उर्लाबारीलाई उज्यालो नगर बनाउने अभियान सुरु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तरगत उर्लाबारीको सुनझोडादेखि मावा खोलासम्म सडक बत्ती जडान गरी उज्यालो उर्लाबारी बनाउने अभियान सुरु भएको हो । उर्लाबारी नगरपालिकाले सडक बत्ती जडान सुरु गरिसकेको र यसै साताभित्र जडान सम्पन्न गरिने मेयर खड्ग फागोले जानकारी दिनुभयो । मुख्य राजमार्ग रातको समयमा अन्धकार हुँदा दुघर्टनाको साथै अपराधिक घटनासमेत हुने खतरा भएकाले सडक बत्ती जडान थालिएको उहाँको भनाई छ । मुख्य राजमार्गमा सडक बत्ती जडा गरिसकेपछि क्रमशः अन्य सहायक राजमार्गहरुमा पनि जडान गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । सडक बत्तीको साथै सडक फराकिलो बनाउने पनि अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।