
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा प्रविन कोइराला आउँदै हुनुहुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ उपसचिबको सरुवा र पदस्थापनाको क्रममा कोइरालालाई उर्लाबारी पठाएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा उर्लाबारीमा मुरारी घिमिरेले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कमाण्ड सम्हाल्दै आउनुभएको थियो ।