काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ जना रहेको छ ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख ८८ हजार ३ सय ७२ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय