
उर्लाबारी । नेपालको संविधानको रक्षाका लागि ज्यान दिन पनि तयार रहेको मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) उद्घोष गर्नुभयो ।
आज उर्लाबारी–७ स्थित देबीस्थान दुर्गा मन्दिरको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीले संविधानमाथी ‘कु’ गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि ज्यान दिन पनि पछि नहट्ने उद्घोष गर्नुभएको हो । लोकप्रिय युवा नेताको रुपमा छबी बनाउनु भएका सांसद लिम्बूले संविधानको भावना विपरित प्रतिनिधिसभाको विघटन गरी देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि सबै नेपाली जनता एकजुट भएर अघि बढ्नु पर्ने आवश्यकता आएको बताउनुभयो । प्रदेश सभाको बैठकमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईमाथी अविश्वासको प्रस्ताव छलफलमा लैजाने उहाँको भनाई छ । मख्यमन्त्री राईले अविश्वासको प्रस्ताब छलफलमा लैजान नचाहेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो । कार्यक्रम ब्यवस्थापन समितिका अध्यक्ष गौरीप्रसाद भण्डारीको सभापतित्व एबं सचिब निर्मला घलेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका उर्लाबारी नगरसभापति बीरबल थापालगायतले बोल्नु भएको थियो ।