उर्लाबारी । नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हडताल जस्ता गतिविधिले थप जोखिममा पर्ने बताउनुभयो ।
आज उर्लाबारी उद्योग बाणिज्य संघको ३२ औं बार्षिक साधारणसभामा बोल्दै उहाँले बन्द हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्ने बताउनु भएको हो । सबै राजनीतिक दलले बन्द हडताल नगर्ने भन्दै गरेको प्रतिबद्धततालाई पनि स्मरण गर्नु पर्ने उहाँको भनाई छ । उहाँले ब्यवसायीहरुको हकहितमा महासंघ प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्र सकारात्मक बन्न नसकेको गुनासो गर्नुभयो । लगानीको सुरक्षाको ग्यारेण्टी नभएको कारण निजी क्षेत्र संकटमा पर्दै आएको उहाँले बताउनुभयो । तीन तहका सरकारले बनाएका नीति, नियमले ब्यवसायीको मर्म र भावना बुझ्न नसकेको उहाँले गुनासो गर्नुभयो । ब्यवसायीहरुका समस्या समाधानमा राज्य गम्भिर बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, महासंघका केन्द्रीय मानार्थ सदस्य किशोर प्रधान, प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, उर्लाबारी उद्योग बाणिज्य संघका निर्वमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष प्रितम खड्गीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिब राम थापाले गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय