
उर्लाबारी । झापाको दमकमा टिपर आंतक भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
तीब्र गतिमा टिपर सञ्चालन गर्ने, त्रिपाल नओढाउने, पानी चुहाउँदै कालोपत्रे सडकमा कुदाउनेजस्ता कार्य भइरहेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । ट्राफिक प्रहरीले समेत त्यस्तालाई कार्वाही नगरेको दमकका सामाजिक अभियान्ता कुमार राईले बताउनुभयो । इलामको चुलाचुली जाने सडकमा ट्राफिक प्रहरीले चेकजाँच गरेपनि टिपरलाई छुट दिएको भन्दै स्थानीय विरोधमा उत्रिए । सानालाई ऐन र ठूलालाई चैन गर्न नहुने राईको भनाई छ । मोटरसाइकल र साना गाडीलाई चेक गर्ने अनि टिपरलाई छुट दिएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले नियमअनुसार सबैलाई कार्वाही गर्ने जनाएको छ ।