उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सीपमूलक कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।
आज उर्लाबारी–७ स्थित निरु ढाका प्रशिक्षण केन्द्र उद्घाटन गर्दै मेयर फागोले सो कुरा बताउनुभएको हो । सेमिनार, गोष्टीलगायतका कार्यक्रम कटौती गरी सीपमूलक कामलाई प्राथमिकतामा राखेको उहाँको भनाई छ । रोजगारी सिर्जना हुने खालका काममा नगरपालिकाको साथ र सहयोग रहने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । प्रतिफल नआउने काममा नगरपालिकाले बजेट विनियोजन नगर्ने उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, नेकपाका यामलाल रसाईली, महिना नेतृ सिता कार्की, मिना बराललगायतको उपस्थिति रहेको थियो । ढाकाका कपडा बनाई सिटीईभिटीबाट मान्यता प्राप्त लेबल टु को प्रशिक्षण दिइने सञ्चालक निरु चौहानले जानकारी दिनुभयो । ढाका कपडाबाट बन्ने हरेक प्रकारका सामग्रीहरु तयार गर्दै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय