
उर्लाबारी, यहाँस्थित ५ नम्बर वडा जनपथ टोलका बद्री पौडेल ‘वसन्त’ अकस्मात बेपत्ता भएपछि परिवारजन चिन्तामा परेका छन् ।
६७ वर्षीय बद्री आफ्ना भाइहरुसंग बस्दै आएका थिए । बाख्रालाई पगाहा लगाउन जान्छु भनेका उनी गत माघ ११ गतेदेखि परिवारको सम्पर्कमा नआएको भाई इन्द्रबहादुरले बताए । उनका अनुसार मानसिक रुपमा विचलित रहेका आफ्नो दाजुको हुलिया तालु खुइलिएको, गहुँगोरो र मान्छेको हुलमा बस्ने र गफ गर्ने स्वभाव रहेको छ ।
अर्का भाई धनबहादुरले घरको मुली हराएकोले चिन्ता थपिएको जनाउदै भने–‘फेला पार्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा वा ९८६०४५५०३२,९८५१००४४५६ वा ९८४१०२६३८८ मा सम्पर्क गरिदिए आभारी हुने थियौ ।’
यस्तै, बद्री पौडेललाई भेट्ने महानुभावलाई स–सम्मान नगद १० हजार उपलब्ध गर्नेपनि धनबहादुरको भनाई छ ।
https://www.youtube.com/watch?v=ti8UV4oA-To&t=2s