उर्लाबारी । मोरङको उर्लाबारी वडा नम्बर ३ मगलबारेमा रहेको ईलाका प्रशासन कार्यालय सर्ने भएको छ ।
चौक क्षेत्रमा रहेर सेवा प्रदान गर्दै आएको प्रशासन कार्यालय सागुरो ठाउमा रहेको थियो ।
जग्गा आभाब र विभिन्न कारणले सकसपुर्ण रुपमा सेवा संचालन गर्दै आएको सो कार्यालय अब वडा नम्बर-२ को पुरानो मगलबारे बजारमा सर्ने भएको हो ।
भवन निर्माण र संचालनका लागि उर्लाबारी नगरपालिकाको सहयोगमा ६ कठ्ठा १० धुर जमिनको ब्याबस्थापन गर्ने प्रबन्ध भए पछि सो कार्यालय सर्ने भएको वडा नम्बर २ का वडाध्यक्ष राजन कुमार कडेलले बताए ।
मगलबारे चौक देखि लगभग १ किलोमीटर उत्तर पुर्बमा रहेको मगलबारेमा हरेक मगलबार सप्ताहिक रुपमा बजार लाग्दै आएको थियो ।
केही बर्ष यता देखि सो बजार त्यहा बाट सरेर मगलबारेको पश्चिमी भाग नया मगलबारेमा सरेपछी सो क्षेत्र उपयोग बिहिन हुँदै आएको थियो ।
अब सो क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएपछी सो जमिनको उपयोग हुनुका साथै मगलबारे बजार क्षेत्र पनि बिस्तार हुने स्थानियहरुको ठम्याई छ ।
कार्यालय स्थापनाका लागि स्थानिय खगेन्द्र थापाको अध्यक्षतामा पहल समिती निर्माण गरि जग्गा नापी छुट्टयाउने काम समपन्न भएको छ ।
कार्यालय स्थानान्तरण र पहल कदमिका लागि मगलबार इलाका प्रशासन कार्यालय मगलबारेका प्रमुख श्रावण कुमार पोख्रेलको उपस्थितमा आबश्यक कामकारबाही अगाडि बढाईएको हो।
उर्लाबारीको बिकास र समृद्धिका लागि जनताको आधारभुत आबश्यता पूरा गर्न यातायात र अन्य बिकासका सुचाङ्क पुगेका ठाउमा सेवाको क्षेत्र लाई बिकास गर्दै लैजाने तयारिका साथ ईलाका प्रशासन कार्यालय स्थानान्तरणको प्रारम्भिक कार्य थालिएको उर्लाबारीका मेयर खड्ग बहादुर फागोले बताए ।
ईलाका प्रशासन कार्यालय मगलबारेले बिराटनगर बाहिर उत्तरी मोरङका विभिन्न क्षेत्रलाई समेटेर सेवा प्रदान गर्दै आएको छ ।
कार्यालय स्थापनाको काम प्रक्रिया पूरा गरेर चाडै थालनी गरिने पहल समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय