विराटनगर । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समितिका संयोजक लगायत पदाधिकारी र स्थानीय दलका नेताहरुलाई मानमर्दन गर्ने र मौका पर्नासाथ हातपात गर्ने धम्की दिएको भन्दै विरोध भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेटाङ नगर कमिटी सदस्य रुद्र श्रेष्ठलाई सार्वजनिक रुपमा हुर्मत लिने, मौका पर्नासाथ हातपात गर्ने भन्दै सार्वजनिक रुपमा मानमर्दन गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएको छ ।

बुधबार लेटाङमा चिसाङ खोला उत्खनन् कार्यक्रम २०७७ सम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्राकृतिक स्रोतको दोहन रोक्नु पर्ने भन्ल्रो वातावरण संरक्षणमा ध्यान दिनुपर्ने विषय उठेको थियो ।

क्रसर उद्योगमा लगानी भएका नगर प्रमुख राईले वातावरण संरक्षण गर्नुपर्ने, लस्रोतको दोहन रोक्नु पर्ने जस्ता कुरा उठेपछि सहभागीहरुलाई धम्की दिँदै सार्वजनिक गालिगलौज गरेका थिए ।

नेकपा सचिव डिल्ली विश्वकर्माद्वारा जारी विज्ञप्तिमा श्रेष्ठ माथि भएको दुव्र्यवहार र धम्की केवल एक जना व्यक्तिलाई मात्र नभई अभियानप्रति नै लक्षित भएको भन्दै भत्र्सना गरिएको छ । प्रत्येक मानिसले सामाजिक निष्ठा, इमान र मर्यादानुसार बाँच्न पाउने वातावरण सुनिश्चित गर्न विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय