उर्लाबारी । मोरङको उर्लाबारी–४ का प्रविण वास्तोलाको रहस्यमय मृत्यु प्रकरणलाई जोडेर उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई बद्नाम गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
आज पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ र उर्लाबारी नगर समितिसहित भातृ संगठनहरुले मेयर फागोमाथी अपशब्द तथा व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो । बास्तोला परिवारको न्यायको पक्षमा नेपाली कांग्रेस उभिएको अवस्थामा नियोजित रुपमा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहनुभएका मेयर फागोमाथी भएको ब्यवहार र सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण अभिब्यत्ति mहरुप्रति भ्रममा नपर्न र सभ्य समृद्ध उर्लाबारी नगर निर्माणका लागि सकारात्मक सोच राखिदिन सबैलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । बास्तोलाको न्यायको पक्षमा वकालत गर्न प्रहरी कार्यालय उर्लाबारी पुगेको अवस्थामा पौष ५ गते मेयर फागोमाथी तुच्छ शब्द प्रयोग गरेको विज्ञप्तीमा उल्लेख छ । रहस्यमय छानविनका लागि जिल्ला प्रहरी कार्यालय मोरङका डिएसी मानबहादुर राईको नेतृत्वमा छानविन प्रकृया अघि बढिसकेको र जतिसक्दो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि कांग्रेसले माग गरेको छ । विज्ञप्तीमा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का कार्यबहाक क्षेत्रीय सभापति शेरबहादुर भण्डारी, नेपाल महिला संघकी केन्द्रीय सदस्य सीता कार्की, कांग्रेस क्षेत्र नं. १ क का उपसभापति बाझाङ्ग राई, उर्लाबारी नगर सभापति बीरबल थापा, तरुण दल उर्लाबारी नगर सभापति रोहित कार्की, नेपाल महिला संघ क्षेत्र नं. १ सभापति गोमा नेपाल, नेपाल शिक्षक संघ उर्लाबारी सभापति चुडामणि नेपाल, नेपाल विद्यार्थी संघ नगर सभापति दिपक भट्टराई र नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई सभापति सुजित जैसवालको संयुक्त हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय