
उर्लाबारी । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने आदेश सुनाएपछि राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले दिपप्रज्वलन गरेको छ ।
मोरङको उर्लाबारी चौकमा दिपप्रज्वलन गरेको हो । जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै स्वागत गरिएको छ । संघका उर्लाबारी नगर संयोजक राजिब लिम्बूले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले गलत सावित गराएको र जनताको पक्षमा फैसला गरिदिएको भन्दै खुशी प्रकट गर्नुभयो । जनताभन्दा माथी कोही नहुने बताउँदै अब जनभावना अनुसार काम गर्नु पर्ने अवस्था आएको उहाँको भनाई छ ।