उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का १९ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृत्यु प्रकरणका दोषीलाई प्रहरी प्रशासनले उन्मुक्ति दिन खोजेको भन्दै पीडित परिवार आन्दोलिन बनेका छन् ।
पीडित परिवारले नेकपा (ओली समूह) का केन्द्रीय सदस्य युवराज वास्कोटालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै इलाका प्रहरी कार्यालय पथरीमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कानुनी कार्वाहीमा नल्याएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने जनाएका छन् ।
सन्दिपका बुवा गोपाल भण्डारीले नेता बास्कोटाको घरमा छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथी छानविन गर्न माग गर्नुभएको छ । नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उहाँको आरोप छ । उहाँले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताउनुभयो । केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ । बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उहाँले बताउनुभयो । घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उहाँले बताउनुभयो । बास्कोटाविरुद्ध किटानी जाहेरी दिँदासमेत छानविन नगरेपछि आन्दोलनमा उत्र्न बाध्य भएको पीडित परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय