
उर्लाबारी । उज्यालो नगर बनाउने उद्देश्यले मोरङको उर्लाबारीको मावा खोलादेखि बक्राहा खोलासम्म सडक बत्ति जडान गरिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तरगत उर्लाबारीको मावादेखि सुनझोडा खोलासम्म सडक बत्ती जडान गरी उज्यालो उर्लाबारी बनाउने अभियान सुरु भएको हो । उर्लाबारीको मावादेखि बक्राहा खोलासम्म पहिलो चरणमा ५४ वटा सडक बत्ति जडान गरिएको र अर्को चरणमा बक्राहादेखि सुनझोडा खोलासम्म गरिने उर्लाबारी नगपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । मुख्य राजमार्ग रातको समयमा अन्धकार हुँदा दुघर्टनाको साथै अपराधिक घटनासमेत हुने खतरा भएकाले सडक बत्ती जडान गरिएको उहाँको भनाई छ । मुख्य राजमार्गमा सडक बत्ती जडा गरिसकेपछि क्रमशः अन्य सहायक राजमार्गहरुमा पनि जडान गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।