
उर्लाबारी । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । छुट्टै पहिचान बोकेको यो समुदायलाई संरक्षणका उर्लाबारी नगरपालिकाले चासो दिएको छ ।
आज उर्लाबारी–८ सन्थालको घरको अवस्था अवलोकन गर्दै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले संस्कार, संस्कृति, भेषभुषा, साहित्य, भाषा, लिपिको बुझ्न आवश्यक रहेको बताउनुभयो । फुसको छाना भएका एकतले झुप्रा घर झुरूप्प बाक्लै र लिसैलो माटोको लिउनले चिल्लो देखिएको घर अवलोकन गर्दै मेयर फागोले सन्थालहरुको घर लोभ हुँदै गएको र त्यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले पनि त्यसमा ध्यान दिने बताउनुभयो । त्यस्तै, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले पनि सन्थालहरुको घरको संरक्षण गर्न सकेको खण्डमा पर्यटकीय स्थल बन्ने सक्ने बताउनुभयो ।