उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्री ओलीको विरोध हुन सक्ने भएकाले कार्यक्रम स्थलमा सुरक्षा बढाइएको छ । वस्ती शिलान्यास गर्ने जग्गा भोगचलन गर्दै आएका जग्गादाताबाट विरोध हुन सक्ने भएकाले सुरक्षा ब्यवस्था थप कडाई बनाइएको जनाइएको छ । साथै नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) ले पनि कालोझण्डा देखाउन भय प्रधानमन्त्रीलाई छ ।
संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने गरेका ओलीको अहिले देश दौडाहा बढेको छ । उद्घाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन् ।
ADVERTISEMENT
