उर्लाबारी । दिगो सहरी विकासको प्रवद्र्धनका लागि विश्व बैंकको सहयोगमा उर्लाबारी नगरपालिकाले ५७ करोड ७० लाख बरबारको अनुदान सहयोग पाएको छ ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले काठमाडौंमा उक्त अनुदान सम्झौतामा हस्ताक्षार गर्नुभएको छ ।
सम्झौता पत्रमा नगर प्रमुख फागो र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले हस्तक्षार गर्नुभयो । सम्झौताका लागि मेयर फागो काठमाडौं जानु भएको थियो । नगरपालिका क्षेत्रभित्र विकास निर्माण,ढल व्यवस्थापन लगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि यो रकम खर्च हुने नगर प्रमुख फागोले बताउनुभयो । यो बहुवर्षीय योजना भएको उहाँले जानकारी दिनुभयो । हस्ताक्षर कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक प्याकुरेल, उपमहानिर्देशक कुमार घिमिरे, दिलीप भण्डारी, सुरेन्द्रमोहन श्रेष्ठ तथा आयोजना निर्देशक परीक्षित कडरियालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय