उर्लाबारी । पैसा कमाउने होडबाजीले युट्यूवरहरुले समाज बिगारेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आरोप लगाउनुभयो ।
एक कार्यक्रममा बोल्दै उहाँले उर्लाबारीका युवा प्रविण वास्तोला रहस्यमय मृत्यु प्रकरणमा आफुलाई बद्नाम गर्न खोजेको बताउनु भएको हो । आफुले सदैब बास्तोला परिवारको न्यायको पक्षमा वकालत गर्दै आएको उहाँले बताउनुभयो । प्रहरी कार्यालय उर्लाबारीबाट निस्किने क्रममा आफुमाथी अपशब्द प्रयोग गरेको कुरा नराख्ने र नियोजित रुपमा आफुले बोलेका कुरामात्र हाइलाइट गरेको आरोप लगाउनुभयो । कुकुर, डाका,गुण्डाजस्ता शब्द प्रयोग गरेको भिडियोमा नहाल्ने र आफुले बोलेका कुरा मात्र हाइलाइट गरेर समाज भड्काउने काम गरेको उहाँको भनाई छ । उहाँले समाज भड्काउने काम नगर्न र पत्रकारिताको आचारसंहिताभित्र रहेका काम गर्न युट्यूवरहरुलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय