
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७ जना नयाँ संक्रमित थप भएका छन् ।
बितेको २४ घण्टामा देशभर ३ हजार १८१ जनाको स्वाब परीक्षण उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार ९२१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अघिल्लो दिनको विवरणअनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९६९ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ३६ हजार ५२६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९६९ जना आइसोलेसन र ४८ जना क्वारेन्टिनमा छन् ।