झापा । प्रदेश नं. १ मा मन्त्रीमण्डल विस्तार हुने भएको छ । मुख्यमन्त्री शेरधन राईले सम्भवतः आजै मन्त्रीमण्डल विस्तार गर्ने बताइएको छ ।
अविश्वासको प्रस्ताव ढिसमिस भइसकेपछि राई नेतृत्वको प्रदेश सरकार सुरक्षित भएको हुँदा उनी मन्त्री थप्ने तयारीमा केही दिनदेखि जुटिरहेका छन् ।

हाल चार जना मन्त्री छन् । अब ७ जनासम्म मन्त्री थपिने सम्भावना जनाइएको छ । थपिने मन्त्रीहरुमा झापाबाट गोपालचन्द्र बुढाथोकीको नाम अग्रपंक्तिमा छ भने ताप्लेजुङका टंक आङ्बुहाङ, भोजपुरकी उषाकला राई, कला घले, राजकुमार ओझा लगायतको नाम चर्चामा छ ।

नेकपा एमालेको आन्तरिक संघर्षको क्रममा माधव नेपाल समूह र माओबादी छाडेर ओली समूहमा आएकाहरु मन्त्री बन्ने सूचीमा अगाडि छन् । ताप्लेजुङका टंक आङ्बुहाङ माओबादी छाडेर आएका हुन् भने अरुहरु माधव नेपाल समुह छाडेर आएका हुन् ।

मन्त्री पद छाडे पनि हाल ओली समूहमै रहेकी जसमाया गजमेर पुनः मन्त्री बन्ने चर्चा पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय