
काठमाडौँ। नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले ज्यान मुद्दामा थुनामा रहेका जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।
बस्नेतले डिल्लीबजारस्थित कारागारमै पुगेर चौधरीलाई भेटेका हुन् ।
यद्यपि उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन ।
पछिल्लो राजनीतिक परिवेशमा बस्नेतले चौधरीलाई भेट्नु अर्थपूर्ण रहेको बताइएको छ ।