
उर्लाबारी । होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ ।
क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ५१ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए । क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्लबका सल्लाहकार तथा पूर्वअध्यक्ष रुपेन्द्र शेर्मा, गृहकी अध्यक्ष मिनादेवी बराललगायतले बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन सल्लाहकार नवराज भट्टराईले गर्नुभएको थियो ।