उर्लाबारी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो ।
कतिपय स्थानीय तह तथा निजी विद्यालयहरुले वायु प्रदूषणको प्रतिकृल असर नपरेको भन्दै विद्यालय सञ्चालन गरिरहेका छन् । उर्लाबारी प्याब्सनले नगरभरीका निजी विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । वायु प्रदूषणको न्यून प्रभाव रहेको भन्दै प्याब्सनमा आब विद्यालयहरु इथावत रुपमा सञ्चालन हुने जानकारी गराएको छ । यता उर्लाबारीका सामुदायिक विद्यालयहरु भने बन्द रहने छन् । उर्लाबारीकै नमूना विद्यालय राधिका माध्यमिक विद्यालयले प्रतिकृल मौसम भएकाले बालबालिकाहरुलाई घरभित्रै रहने बातावरण मिलाउन अभिभावकहरुलाई अनुरोध गरेको छ । यता उर्लाबारी नगरपालिकाले यस विषयमा केही बोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय