
हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल–झलनाथ खनाल समूहका सांसदले नाम फिर्ता लिएका छन् ।
खनाल–नेपाल समूहका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताए ।
यसअघि एमालेको खनाल–नेपाल समूहका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध गएको पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।