उर्लाबारी । नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारीका सञ्जिब खनाल बिजयी भएका छन् । खनालले ९८ मत प्राप्त गरी बिजयी भएका हुन् । अध्यक्षका प्रत्यासी प्रेस युनियनका शंकर खरेलले ९२ मत प्राप्त गरेका छन् । प्रेस संगठन सहित संयुक्त गठबन्धनबाट चुनाव लडेका खरेल बहुमत सदस्यहरु बिजयी हुँदा पराजित भएका छन् ।
उपाध्यक्षमा गठबन्धनका मोहन भट्टराई ९७ मतका साथ बिजयी भएका छन् । चौतारीका सन्तोष सिग्देल ९३ मतका साथ पराजित भए । सचिबमा चौतारीका नेत्र अधिकारी ९६ मतका साथ बिजयी बन्दा हरि अधिकारी ९४ मतका साथ पराजित भएका छन् ।
सहसचिबमा गठबन्धन प्रशान्तजंग निरौला निर्वाचित भएका छन् । समावेशी सहसचिबमा गठबन्धन अनिल श्रेष्ठ बिजयी भएका छन् भने कोषाध्यक्षमा गठबन्धनका अभय राई विजयी भएका छन् । सदस्यमा सर्वाधिक मतका साथ गठबन्धनका तेजन खड्का विजयी भए । गठबन्धकै दिलीप अग्रवाल, विरेन्द्र साह, राकेश कर्ण, एलिना दियाली, उषा सरदार, पदम सरदार बिजयी भएका छन् भने चौतारीका सुरेश अधिकारी विजयी बने । शंशाक पौडेल र नवराज भट्टराईको बराबरी मत आएपछि दुईमध्ये एक कार्यसमितिमा अट्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय