काठमाडौँ । सरकारले आगामी वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको छ ।

त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।

कोरोना जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले सावधानी अपनाएर मात्रै अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।

कोरोनाकै कारण बालबालिकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम भने स्थगन गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय