मोरङको उर्लाबारी–८ मौलिबारीमा नेचुरल फनपार्क एण्ड रिर्सोट प्रा.लि.सञ्चालनको तयारीमा रहेको छ ।
नयाँ बर्षको अवसरमा सो फनपार्क सञ्चालन गर्ने तयारी भइरहेको हो । १४ विगाह क्षेत्रफलका निर्माण गरिएको उक्त पार्क नेचुरल प्रविधिबाटै निर्माण गरिएको सञ्चालक डिल्लीराम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बैशाख १० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइने छ । अहिले आंशिक रुपमा सञ्चालनमा रहेको उहाँको भनाई छ ।
उर्लाबारी चौकबाट करिब ७ किमी दक्षिणमा रहेको फनपार्कमा दुई युवाको ४ करोडको लगानी रहेको छ । न्यौपाने र निलप्रसाद पौडेलको संयुक्त लगानीमा तयार भएको फनपार्क एकान्त, स्वच्छ वातावरण मैत्री तथा प्रर्याप्त स्थान भएकोले पर्यटकहरुको गन्तव्यको रोजाईमा पर्ने देखिन्छ । पार्कमा मोटरवोट, माछा, लामो पोखरी, सेल्फी डाँडा, आईलेण्ड, भ्यूव टावर, लज, सेमिनार हललगायतको ब्यवस्था रहेको छ । स–साना बालबालिकाहरुका लागि खेल्ने पिङ, चिपलेटीलगायत प्रर्याप्त मनोरञ्जनका साधन राखिएको छ । माछा पोखरीमा आफंै फिसिङ गरी माछालगायतका परिकार बनाएर खान मिल्ने रेष्टुरेन्ट फनपार्कको बिषेशता रहेको सञ्चालक न्यौपानेको भनाई छ । मोटरवोट १ र पाइलटवोट ५ वटा रहेका छन् । पाइलटवोटमार्फत रुमसम्म पुग्ने ब्यवस्था मिलाइएको छ भने भ्यू टावर चढ्न मोटरवोटमार्फत जानु पर्ने छ । टिकटक बनाउनेका लागि समेत आकर्षक गन्तब्य यो पार्क बन्ने सञ्चालकहरुको भनाई छ । नेचुरल फनपार्क पूर्वी मोरङकै आकर्षक केन्द्र बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय