
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप ८४३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७५ हजार ३८ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ४५ जना रहेको छ ।
२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २३ लाख ४० हजार ४ सय १७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।