उर्लाबारी । मोरङको उर्लाबारीमा खागोले टोक्दा पाँच जना बिरामी भएका छन् ।
उर्लाबारी–४ स्थित उर्लाबारी नगरपालिका कार्यालय अगाडी राजमार्गमा खागोले टोक्दा पाँच जना घाइते भएका हुन् । मंगलबार एक जना र बुधबार चार जना खागोले टोक्दा बिरामी भएका छन् । बुधबार बिहान राजमार्गमा हिँड्दै गर्दा खागोले टोक्दा चार जना घाइते भएका छन् । बिरामी हुनेमा ३५ बर्षीय शंकरकुमार दनुवार, १९ बर्षीय पारस लिम्बु, १९ बर्षीय बुद्धराज लिम्बु र ६२ बर्षीय सोमनाथ लुईटेल रहनुभएको छ । उहाँहरु सबैको अरनिको अस्पतालमा उपचार भईरहेको छ । यसअघि मंगलबार पनि त्यही ठाउँमा खाँगोले टोक्दा एक जना बिरामी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय