काठमाडौँ ।  एकै दिनमा थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १०५१ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ८ सय ४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा गत २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी उपत्यकामा कुल १ हजार ५१ जना पुष्टि भएको उनले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय