
उर्लाबारी । मोरङको उर्लाबारीमा २ सय रुपैयाँमै सुत्ने कोठा पाइने भएको छ । उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिरको हातात्रि बनेको अनन्तराम डिकुरादेवी भण्डारी स्मृति भवनमा सुविधासम्पन्न कोठाहरुमा २ सयमै सुत्ने पाउने ब्यवस्था मिलाइएको हो । सिंगल कोडा प्रतिदिन २ सयमा पाइने सचिब निर्मला घलेले जानकारी दिनुभयो । उहाँका अनुसार एटेज कोडा प्रतिदिन ४ सय लिइने छ । आज पत्रकार सम्मेलन गरी मन्दिरले विवाह, ब्रतबन्ध जस्ता कार्यलाई सभाहलसहित तल्लो तल्लामा ५ हजार, खुल्ला हलमा कार्यक्रम गर्न ५ सय , देवीस्थान सोनिका भवनको हल दैनिक १ हजार र सबै हल कोठा लिए प्रतिदिन ७ हजार लाग्ने मन्दिरका अध्यक्ष गौरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाले उर्लाबारी क्षेत्रकै पूरानो मन्दिर २ सयमै सुत्ने ब्यवस्था मिलाएर उदाहरणीय कार्य गरेको उल्लेख गर्नुभयो । उहाँले मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलमा रुपमा अघि बढाउन सुझावसमेत दिनुभयो ।