ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–२ सान्थाक्राको जिदिमा निवासी जालपा देवी आधारभूत विद्यालयका शिक्षक खड्कबहादुर आवाजुङ लिम्बुको गोली प्रहार गरी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार प्रताप भनेर चिनिने ३० वर्षीया आकाश लिम्बूले बिहीबार बेलुका भरुवा बन्दुक हानेर ५० वर्षीय खड्कबहादुरको हत्या गरेका हुन् ।

अभियुक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको पोख्रेलले बताए । खड्कबहादुरको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । हत्यामा प्रयोग भएको बन्दुकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षकले पोखरेलले बताए ।

स्रोतः कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय