काठमाडौं । धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने भएका छन ।

भूकम्पले भत्काएको धरहराको संरचनाको पुनर्निर्माण सम्पन्न भएपनि बाँकी संरचनाहरूको पुननिर्माण कार्य बाँकी छ । कोरोना तथा लकडाउनलगायतका कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ ।

प्राधिकरणले भूकम्पपछिको ६ वर्ष अवधिमा पुनर्निर्माण र पुनःस्थापना प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि प्राप्त भएको जनाएको छ ।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राही संख्या ७ लाख ५३ हजार १ सय ४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय