काठमाडौँ। कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् ।

वैशाख ७ गते कोरोना पुष्टि भएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका उनीहरुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

पूर्वराजाका ज्ञानेन्द्र र पूर्वरानी कोमल तथा पूर्वअधिराजकुमारी प्रेरणा समेत शनिबार अस्पताल भएका निर्मल निवास स्रोतले जनाएको छ । अस्पतालका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएका उनीहरुलाई कोरोना देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय