काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ जना रहेको छ ।

२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख ९५ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय