उर्लाबारी । सडक निर्माणको माग गर्दै १० दिनदेखि उर्लाबारी–मधुमल्ला सडक अबरुद्ध छ । आज मोरङ क्षेत्र नं. १ का संघीय सांसद घनश्याम खतिवडा, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसहितको टिम पुगेर सडक निर्माणका विषयमा पहलकदमी लिने आश्वासन दिनुभयो । सांसद खतिवडाले प्रदेश नं. १ का मन्त्री अमिरबाबु गुरुङसँग बैशाख १५ गते भेट्ने चाँजोपाजो मिलाइदिनुभयो । मेयर फागोकै अगाडि फोनमार्फत मन्त्री गुरुङसँग सांसद खतिवडाले कुराकानी गराउनुभएको थियो । केही दिनअघि मन्त्री गुरुङ आन्दोलनरत स्थलमा आउनु भएको थियो । सो क्रममा ४ दिनभित्र ठोस जानकारी गराउने बताएपनि हालसम्म कुनै प्रगति देखिएको छैन । मेयर फागोले सडकको बेहाल बनेको भन्दै स्थानीयको माग सम्बोधन गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय