काठमाडौँ, १२ वैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले त्यस्तो अवस्थामा स्थानीय निकायलाई निषेधाज्ञाको अधिकार प्रत्यायोजन गरेको छ ।

यससँगै विभिन्न ९ जिल्लामा तत्काल निषेधाज्ञा हुनसक्ने देखिएको छ ।

ति जिल्लाहरुमा ५ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका कारण निषेधाज्ञा हुनसक्ने देखिएको हो ।

जसमा काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ । त्यस्तै, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

त्यस्तै, पहाडी जिल्लाहरुमा पनि २ सयभन्दा बढी सक्रिय संक्रमित हुने बित्तिकै स्थानीय तहहरुले निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय