
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।
सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तह तथा कलेज वा विश्वविद्यालयलगायत सबै तहका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेकाे हाे ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै सीमा नाकाहरु बन्द गर्ने सिफारिस गरेको छ ।
त्यस्तै, आइतबार बसेको सीसीएमसीको बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र तराइ जिल्लामा ५ सय जनाभन्दा बढी सक्रिय संक्रमित भेटिए स्थानीय तहलाई निषेधाज्ञा जारी गर्न विशेषाधिकार पनि दिने निर्णय गरेको छ ।
त्यस्तै, विद्यालय तह तथा कलेज वा विश्वविद्यालयका परीक्षाहरु स्थगित गर्न पनि सिफारिस गरेको छ ।