
उर्लाबारी । दोस्रो चरणमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा नगरबासीहरुलाई सचेत रहन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आग्रह गर्नुभएको छ ।
पहिलो चरणमा फैलिएको कोरोना माहामारीको अवस्थामा मेयर फागो स्वम् कोरोना संक्रमित हुनु भएको थियो । मेयर फागोले संक्रमितलाई मनोबल उच्च बनाउन सुझाव दिनुभएको छ । कोरोना लागि सकेपछि शरिर कमजोर हँुदै जाने, उर्जा कम हुने जस्ता लक्षण देखिए पनि मनोबल बढाएर नियमित खानपानमा ध्यान दिदाँ र शारिरिक ब्यायाम गरे कोरोना निको हुने उहाँको भनाई छ । कोरोना केही हैन सामान्य रूघाखोकी मात्रै हो भन्न नहुने उहाँको सुझाव छ । मेयर फागोले कोरोनाको संक्रमण फैलिन नदिन सचेत र सजग रहन अपिल गर्नुभएको छ । उहाँले भिडभाडमा नजान र जानै पर्ने भए माक्स तथा सेनिटाइजरको प्रयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।