
उर्लाबारी । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै मोरङको उर्लाबारीमा तीन जनाको मृत्यु भएको छ भने ५३ जना संक्रमितको संख्या पुगेको छ ।
उर्लाबारी–६ की महिला, वडा नं. २ का पुरुष र ८ का पुरुषको मृत्यु भइसकेको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, अलिहेसम्म ५३ जना संक्रमितको संख्या पुगको छ भने ४ जना निको भइसकेका छन् । हाल ४९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।