उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाका कारण समस्या परेकाहरुका लागि तातो भात अभियान चलाइएको छ ।
विवेकशिल साझा पार्टी प्रदेश नं. १ ले मोरङको उर्लाबारीमा तातो भात अभियान चलाएको हो । विवेकशिल साझाले मोरङको कानेपोखरीदेखि झापाको कमल गाउँपालिकासम्म निशुल्क तातो भात वितरण गरिरहेको छ । दैनिक १ सय भन्दा बढीलाई तातो भात वितरण गर्दै आएको पार्टीका प्रदेश नं. १ का सह–संयोजक रमेश विष्टले जानकारी दिनुभयो । एक हप्तादेखि सञ्चालनमा आएको यो अभियान निषेधाज्ञाभरी सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । सहयोगी दाताहरुको साथ र सहयोगले तातो भात अभियान सञ्चालनमा हौसल्ला मिलिरहेको उहाँले बताउनुभयो । नहुनेलाई खाना खान स्वागत छ, हुनेलाई आर्थिक सहयोगका लागि स्वागत छ लेखिएको ब्यानर नै टाँगिएको छ भने सहयोगीको नाम बोर्डमा दैनिक लेख्ने गरिएको अभियानका सदस्य विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । कोरोना कहरका कारण प्रभावित बनेका ब्यक्तिहरुलाई लक्षित गरेर सुरु गरिएको यो अभियान प्रभावकारी बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय