
मोरङ । मोरङको बेलबारीमा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट बेलबारी–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी अमिनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।