नगरकै गौरबको आयोजना कृष्णचोक–सुनझोडा ५ किमी सडक निर्माण सम्पन्न भएपछि सडकको अवलोकनमा आएको शहरी विकास मन्त्रालयको प्रतिनिधि मण्डललाई उर्लाबारी नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।

२०८० साल असोज ६ गते शिलान्यास भई दुई वर्षको समयावधि अघि नै निर्माण सम्पन्न गर्न नगर प्रमुख गंगाप्रसाद खरेलको पहलकदमी र सक्रियता प्रशंसनीय रहेको भन्दै प्रतिनिधि मण्डलले उर्लाबारी नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरेको छ ।
मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन, शहरी शासकीय तथा पूर्वाधार आयोजनाका निर्देशक झपड विश्वकर्मा, उप–निर्देशक सविन कर्माचार्य तथा सहरी विकास मन्त्रालयकी उपसचिव इन्दिरा थापालगायत प्रतिनिधि मण्डललाई एक कार्यक्रमका बीच नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल तथा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले स्वागत तथा सम्मान गर्नुभयो । विश्व बैंकको लगानीमा निर्माण सम्पन्न उक्त सडक दुई लेनको छ, जसमा सडक बत्ती, साइकल लेन तथा फूलबारीसहित आकर्षक पूर्वाधार मापदण्ड अपनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय