काठमाडौँ। पूर्वयुवराज पारस शाहले सडकमा प्रहरीसँग झगडा गरेका छन् ।

काठमाडौँको महाराजगञ्जस्थित सडकमा शुक्रबार साँझ ७ः३० हेलमेट नलगाई मोटरसाइकल लिएर हिँडेको अवस्थामा प्रहरीले रोकपछि शाहले झगडा गरेका हुन् ।

प्रहरीले हेलमेट लगाएर हिँड्न भनेपछि शाहले उल्टै प्रहरीलाई थर्काएका छन् ।

महाराजगञ्ज चोक नजिकै प्रहरीसँग झगडा गरेको भिडियो अहिले भाइरल बनेको छ ।

भिडियोमा प्रहरीले तान्दै गरेको देखिन्छ भने शाहले जान्न भनेर थर्काएका छन् ।

डिउटीमा रहेका प्रहरीले वाकीटकीमा पारसले रक्सी खाएर हेल्मेट नलगाई हिडेकोले छिटो गाडी पठाउन भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय