उर्लाबारी । उर्लाबारी उद्योग बाणिजय संघको भदौ ३१ गते हुने निर्वाचनमा प्रगतिशिल साझा गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेको छ ।
आज उर्लाबारी–७ चिउरामिलदेखि हाटखोलासम्म ¥यालीको आयोजना गरी ब्यवसायी तथा उद्योगीहरुको हकहितका लागि प्रगतिशिल साझा गठबन्धनलाई मतदान गर्न आब्हान गरेको हो ।

उर्लाबारी नगरपालिकाकी उपमेयर तथा एमालेकी नेतृ लक्ष्मीदेवी भण्डारी, एमालेका नेता तथा कार्यकर्ता, माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, उद्योगी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । गठबन्धनले अध्यक्षमा शेरबहादुर भण्डारी, बरिष्ठ उपाध्यक्षमा यमलाल रसाईली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिबमा सम्झना खतिवडा आचार्य, उद्योग सचिबमा डिल्लीराम खतिवडा (डिल्ली), बाणिज्य सचिबमा यज्ञबहादुर बस्तेत (भिरगाउँले) र कोषाध्यक्षमा राजनप्रसाद दाहालको उम्मेद्वारी रहेको छ । त्यस्तै, सदस्यहरुमा अनिल साहु तेली, नरेन्द्र थापा (जर्मन), नितम चौहान, निलप्रसाद गौतम र नुतन राई (पिके) उम्मेद्वार छन् । त्यस्तै, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी, सदस्यद्धयमा फुर्वा तामाङ र राधिका काफ्लेले उम्मेद्वारी छ । यो गठबन्धनमा एमाले, माओवादी र राप्रपाको संयुक्त गठबन्धन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय