दमक/ हिजो साँझ करिब ७:५० बजे दमकबाट गौरादहतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानका २७ वर्षीय पदम बहादुर मगर गम्भीर घाइते भएका थिए। घाइते मगरको दाहिने आँखाको डिलमा चोट लागेको थियो।
उनीलाई प्रारम्भिक उपचारका लागि गौरादह नगर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको थियो। अवस्था गम्भीर भएपछि राति १०:१० बजे उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल मा रिफर गरिएको थियो।
तर उपचारकै क्रममा आज बिहान ३:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
























