उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको सदस्य ५ पदका लागि ११ जनाको भिडन्त हुँदैछ । भदौ ३१ गते हुने निर्वाचनमा लोकप्रिय युवाहरुबीच भिडन्त हुने देखिएको हो । लोकतान्त्रिक गठबन्धन र प्रगतिशिल साझा गठबन्धनबाट ५÷५ र १ जना स्वतन्त्र गरी ११ जना सदस्य पदका लागि चुनाबी मैदानमा छन् । लोकतान्त्रिक गठबन्धनबाट ओम कोल्ड सेन्टरका दशरथ यादब (बेचन), हाङ्ग सप्लायर्सबाट योबाहाङ तुम्बाहाम्फे लिम्बू, आरके ज्वलर्सबाट राजकुमार श्रेष्ठ (मकै), मोबाइल ग्यालरीबाट भीमप्रसाद घिमिरे र आइजोन इन्टरनेट प्रा.लि.बाट नविन श्रेष्ठ उम्मेद्वार हुनुहुन्छ । पाँचै जना सामाजिक कार्यमा अग्रसर हुँदै आउनु भएका युवाहरु हुनुहुन्छ । त्यस्तै, प्रगतिशिल साझा गठबन्धनबाट पाथीभरा अनुष स्टोरबाट अनिल साहु तेली, कामना कस्मेटिक सेन्टरबाट नरेन्द्र थापा (जर्मन), शान्ति चिउरा मिलबाट नितम चौहान, गौत दुध खरिद बिक्री केन्द्रबाट निलप्रसाद गौतम र पर्शु किराँत ट्राभल्स एण्ड टुर्सबाट नुतन राई (पिके) हुनुहुन्छ । यी सबै युवा परिचित र सामाजिक रुपमा पनि काम गर्दै आउनु भएको छ । त्यस्तै, स्वतन्त्र गोपाल भण्डारी चुनाबी मैदानमा हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय