पहिलो चरणमा ८२ मतले सभापतिमा निर्वाचित हुन असफल भएका शेरबहादुर देउवालाई दोस्रो चरणमा जित हात पार्न सहज हुने देखिएको छ।

देउवाविरुद्ध पहिलो चरणमा सभापति पदमा प्रतिस्पर्धा गरेका चार जना नै मिल्दा पनि सबै मत कोइरालालाई नपर्ने भएकाले देउवा नै जित्ने अवस्था देखिएको हो।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न पहिलो चरणमा खसेको जम्मा ४६७९ मतमध्ये सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन्। जुन सभापति बन्न आवश्यक पर्ने २३४० मतभन्दा ८२ मत मात्रै कम हो।

देउवाको निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३४७, बिमलेन्द्र निधिले २७३ र कल्याण गुरुङले ३२ मत पाएका छन्।

कांग्रेसको विधानअनुसार सभापति पदमा पहिलो चरणमा कसैले ५१ प्रतिहत मत नल्याएमा दोस्रो चरणको मतदानमा जानु पर्ने हुन्छ, जुन प्रतिस्पर्धा निकटतम प्रतिद्वन्द्वीबीच हुन्छ।

त्यसैले आजै हुने तय भएको दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने छ। आफ्नो पक्ष बलियो बनाउन देउवा र कोइराला निकट नेताहरू बिहनैदेखि दौडधुप गरिरहेका छन्।

देउवा निकट गृहमन्त्री बालकृष्ण खाँडले बिहानै चाक्सिबारी पुगेर प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।

‘सिंहले देउवालाई समर्थन गरेको अवस्थामा दोस्रो चरणमा देउवाको जित निकै सहज हुने देखिएको छ, त्यसो त यो अवस्थामा कोइरालाले हार स्वीकार गरे भने दोस्रो चरणको निर्वाचन नै नहुन पनि सक्छ’, देउवा निकट कांग्रेसका एक नेताले भने।

तर कोइराला पक्ष हार स्वीकार गर्ने होइन, सिंह, निधि र गुरुङको समेत समर्थन लिएर दोस्रो चरणमा देउवालाई हराउने रणनीतिमा छ र त्यही अुनसार दौडधुप गरिरहेको छ।

‘देउवाविरुद्ध चार जना नै एक भएको अवस्थामा पनि प्रकाशमान सिंह र निधिलाई परेको ६२० मतमध्ये देउवाले कम्तिमा आधा मत तान्न सक्ने अवस्था छ, जुन जितका लागि पर्याप्त मत हुनेछ’, कांग्रेसका ती नेताले भने।

कांग्रेसमा समान्य ट्रेन्ड के देखिन्छ भने अन्तिम अवस्थामा जितको नजिक रहेका उम्मेदवारतिर मतदाता ढल्किन्छन्। र, देउवा प्रधानमन्त्री पनि भएकाले उनले सत्ताको साधन स्रोत परिचालन गर्ने र उनकै पक्षमा अन्तिममा मतदाता ढल्किने सम्भावना ज्यादा छ।

तर यदि सिंह, निधि र गुरुङ शेखर कोइरालासँग मिले र यसअघि नखुलेका रामचन्द्र पौडेल र शशांक कोइराला पनि उनको पक्षमा खुलेर लागे भने परिणाम देउवाको विपक्षमा नआउला भन्न सकिन्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय